महिनावारीको बेला अत्याधिक रगत बगेमा वा लामो समयसम्म रक्तस्राव भएमा के गर्ने

From Audiopedia
Jump to: navigation, search

  • महिनावारीको बेला एक घण्टा भन्दा कम समयमा प्याड वा प्रयोग गरेको कपडा
 पूरै भिजेमा अत्याधिक रक्तस्राव भएको भन्‍ने बुझिन्छ।
  • ८ दिनभन्दा धेरै समयसम्म रगत बगेमा लामो महिनावारी भएको भन्‍ने बुझिन्छ।
  • जमेको रगत (गिलो, गाढा रातो, कलेजो जस्तो देखिने टल्किने रगतको डल्लो)
 देखिनु पनि अत्याधिक रक्तस्राव हुनुको संकेत हो। 
  • धेरै हप्ता, महिना वा वर्षसम्म अत्याधिक रक्तस्राव भयो भने एनेमिया हुन सक्छ
  (रातो रक्तकोषको कमी)।

अत्याधिक रक्तस्रावका सम्भाव्य कारणहरू:

  • हर्मोन असन्तुलित भएकोले अण्डाशयले अण्डा बनाउन नसकेको हुन सक्छ।
 यस्तो समस्या २० वर्ष मुनिका वा ४० वर्ष माथिका महिलाहरूमा सामान्य नै 
 मानिन्छ।
  • पाठेघरमा राखिने गर्भ निरोधक सामाग्रीले गर्दा पनि अत्याधिक रक्तस्राव हुन
 सक्छ।
  • आफू गर्भवती नभएको जस्तो लागे तापनि गर्भ तुहिएको हुन सक्छ।
  • यदि रगत बग्‍नुका साथै पेट दुखेको छ भने पाठेघरको बाहिर ट्युबमा गर्भ रहेको
 हुन सक्छ। अवश्था गम्भीर भएमा तुरुन्तै अस्पताल जानुहोस्।
  • थाइराइड ग्रन्थीको समस्या हुन सक्छ।
  • पाठेघरमा मासु पलाएको (फिब्रोइड वा पोलिप) वा क्यान्सर हुन सक्छ।


महत्त्वपूर्ण कुरा: यदि अत्याधिक मत्रामा रगत बगेमा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा पेल्भिक जाँच गराउनुहोस्।


  • योनीबाट एकैचोटी ह्‍वाल्‍ल रगत बगेमा।
  • तीन महिनाभन्दा लामो समयसम्म अत्याधिक रगत बगेमा।
  • गर्भवती भएजस्तो लागेमा।
  • रगत बग्‍नुका साथै सहन नसक्नेगरि दुखेमा।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010221