यदि तपाईंलाई महिनावारी सम्बन्धी समस्या छ भने आफ्नो आमा, दिदी वा साथीहरूसँग कुरा गर्नुहोस्। उनीहरूले पनि तपाईंले जस्तै समस्याहरू भोगेका हुन सक्छन् र सायद तपाईंलाई पनि मदत गर्न सक्छन्।
महिनावारीको बेला भइरहने समस्याहरू:
रगत बग्ने क्रममा परिवर्तन हुने
महिनावारीको बेला दुखाइ महसुस हुने
महिनावारी हुनुअघिका समस्याहरू (पि.एम.एस) देखिने
खतराका संकेतहरू:
यदि महिलाहरूमा यी मध्ये कुनै संकेत देखिएमा तुरुन्तै उपचार गराउनुपर्छ:
नियमित महिनावारी नभएपछि पेट दुख्ने र रगत बग्ने हुँदा
गर्भावस्थाको अन्ततिर रगत बग्दा
शिसु जन्मेपछि, गर्भ तुहिएपछि वा गर्भपतन गरेपछि अत्याधिक रगत बग्दा
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.