महिनामा एक भन्दा धेरै पटक वा अर्कै समयमा रक्तस्राव भएमा के गर्ने - Audiopedia
तीन हप्तामै रक्तस्राव भएमा वा रक्तस्राव नियमित तरिकामा नभई कहिले हुने फेरि कहिले रोकिने भएमा कुनै समस्याले गर्दा यस्तो भएको हुन सक्छ।
सम्भाव्य कारणहरू:
- अण्डाशयले अण्डा नबनाएको हुन सक्छ।
- विशेषगरि महिनावारीमा अत्याधिक रगत बग्ने र अनियमित भएमा पाठेघरमा
मासु पलाएको वा क्यान्सर भएको हुन सक्छ।
- महिनावारी सधैको लागि रोकिएपछि एस्ट्रोजेन भन्ने औषधी सेवन गरेकोले हुन
सक्छ।
- गर्भनिरोधक चक्की, शरीरमा राखिने गर्भनिरोधक सामाग्री, वा सुई जस्ता केही
परिवार नियोजनका विधिहरू अपनाइएको कारणले गर्दा पनि धेरै पटक
महिनावारी हुन सक्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010223