मधुमेह भनेको के हो
मधुमेह रोग लागेको व्यक्तिको शरीरले खानेकुरामा भएको चिनीको मात्रालाई प्रयोग गर्न सक्दैनन्। मधुमेहले गर्दा पछि अन्धोपन हुने, हातगोडा काट्नुपर्ने, कोमामा जाने वा मृत्यु समेत हुन सक्छ। मधुमेह टाइप १ बाल्यकालमा हुने मधुमेह हो। यस प्रकारको मधुमेह लागेकाहरूले जीवनभरि नै इन्सुलिन भनिने औषधी लिनुपर्छ। मधुमेह टाइप २ चाहिं प्राय ४० वर्षभन्दा माथिका उमेरका व्यक्तिहरूलाई लाग्छ। मोटोपन भएका मानिसहरूलाई प्राय मधुमेह हुन्छ।
महिलाहरूलाई गर्भावस्थामा पनि यो रोग दखिन सक्छ। यसलाई गेस्टेशनल मधुमेह भनिन्छ। तपाईं गर्भवती हुनुहुन्छ र धेरै प्यास लाग्छ अनि तपाईंको वजन घट्दै गएको छ भने स्वास्थ्यकर्मी कहाँ गएर रगतमा चिनीको मात्रा कति छ भनेर जचाउनुहोस्।
मधुमेहको लक्षणहरू के-के हुन्?
सरुमा देखिने संकेतहरू:
* सधैं तिर्खा लाग्नु * छिन-छिनमा पिसाब लाग्नु र धेरै पिसाब हुनु * सधैं थकित हुनु * सधैं भोकाउनु * वजन घट्नु
पछि देखिने गम्भीर संकेतहरू:
यी सबै लक्षणहरू अन्य रोगको कारणबाट पनि हुन सक्छ। तपाईंलाई मधुमेह लागेको कुरा पत्ता लगाउन स्वास्थ्यकर्मीलाई भेट्नुहोस्, वा ८ घण्टा केही नखानुहोस् र प्रयोगशालामा गएर फास्टिङ रगतमा चिनीको मात्रा जचाउनुहोस्। दुई पटकको फरक परीक्षणमा तपाईंको रगतमा चिनीको मात्रा १२५ भन्दा धेरै छ भने तपाईंलाई मधुमेह रोग लागेको छ।