बुबाआमासित कुरा गर्नु धेरै गाह्रो हुन सक्छ। तपाईंको बुबाआमाले परम्पराअनुसार जीवन बिताएको चाहन्छन् होला र तपाईंलाई लाग्छ कि समय बदलिंदै छ। बुबाआमाले तपाईंको कुरा सुन्दैनन् वा तपाईलाई बुझ्न चाहँदैनन् जस्तो तपाईंलाई लाग्न सक्छ। अथवा उहाँहरू रिसाउनुहोला भनेर तपाईंलाई डर लाग्न सक्छ।
तपाईंले भनेका सबै कुरामा सहमत नभए तापनि तपाईंको परिवारले तपाईंलाई माया गर्न सक्छन्। उहाँहरू तपाईंको ख्याल राख्ने भएकोले रिसाउन सक्छन, तपाईंलाई मन नपराएकोले त होइन। उहाँहरूसँग आदरपुर्वक कुरा गर्नुहोस् र आफ्नो अवश्थालाई बुझ्न मदत दिनुहोस्।
राम्रो कुराकानी गर्नको लागि विकल्पहरू
बुबाआमा अरू कुरामा व्यस्त भएको बेला, थकित वा चिन्तित भएको बेला कुरा गर्नु भन्दा उपयुक्त समय छानेर त्यो समयमा कुरा गर्नुहोस्।
उहाँहरूलाई आफ्नो विचार, चिन्ता र लक्ष्यबारे बताउनुहोस्। यदि आफ्नो जस्तै परिस्थितमा उहाँहरू हुनुभएको भए के गर्नुहुन्थ्यो भनेर सोध्नुहोस्।
पढ्ने केही कुरा दिएर वा कुनै चित्र देखाएर कुराकानी थाल्नुहोस्। तपाईंको समस्यासित सम्बन्धित कुरा छ भने किताबको त्यो भाग सँगै पढ्नुहोस्।
तपाईंलाई रिस उठ्यो भने कराउने वा चिच्याउने नगर्नुहोस्। यसले तपाईंको बुबाआमालाई रिस उठाउँछ र तपाईंले उहाँहरूको आदर गर्नुहुन्न जस्तो उहाँहरूलाई लाग्न सक्छ।
यदि यस्ता तरिकाहरू अपनाए तापनि आफ्नो बुबाआमासित कुरा गर्न सफल हुनुभएन भने कुनै वयश्क व्यक्तिसित कुरा गर्नुहोस्। तिनीहरू तपाईंको शिक्षिका, साथीको आमा, काकी वा माइजु, दिदी, हजुरआमा, एउटै ठाउँमा पुजा गर्न अथवा उपासना गर्न आउने व्यक्ति वा स्वास्थ्यकर्मी हुन सक्छन्।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.