बारम्बार भैरहने हिंसाबारे मैले क कुरा थाहा पाउनु पर्छ
पहिलो पटकको हिंसात्मक व्यवहार अक्सर कोही नभएको एकान्त ठाउँमा हुन्छ। तर धेरै जसो अवश्थाहरूमा एक पटक हिंसा सुरु भएपछि फेरी-फेरी हुने क्रम बढ्दै जान्छ:
हिंसात्मक व्यवहार यस्तो तरिकामा हुन्छ: हिर्काउने, छापड हान्ने, लात्ताले हिर्काउने, घाँटी अँट्ठ्याउने, कुनै कुरा वा हतियार प्रयोग गर्ने, यौन दुर्व्यवहार गर्ने, मौखिक धम्की दिने र दुर्व्यवहार गर्ने।
शान्तीमय समयमा पनि हिंसा भइरहेको हुन्छ: पुरुषले हिंसा गरेको होइन भन्छ, माफी माग्छ वा आइन्दा अर्को पटक यस्तो कहिल्यै हुँदैन भनेर बाचा गर्छ।
विस्तारै तनाव फेरी बढ्न थाल्छ: रीस, बादविवाद, एक-अर्कालाई दोष लगाउने र मौखिक दुर्व्यवहार।
हिंसा फेरी हुन थाल्छ....
थुप्रै जोडीहरू बीच जब हिंसा हुन थाल्छ तब शान्तीमय समयावधि झन-झन कम हुँदै जान्छ। जब महिला केही पनि गर्नै नसक्ने अवश्थामा पुग्छिन तब पुरुषले महिलामाथि पूरै नियन्त्रण जमाउन थाल्छ, त्यसपछि उसले महिलालाई राम्रो व्यवहार गर्छु भनेर बाचा गर्न आवश्यक नै पर्दैन।
केही महिलाहरूले हिंसा हुन दिन्छन्, यसो गर्दा फेरी चाँडै शान्तमय समय आउने छ भनेर तिनीहरू सोच्छन्।