बढ्दो उमेर सँग-सँगै प्रशस्त तरल पदार्थ पिउनु मेरो लागि किन राम्रो हुन्छ
From Audiopedia
उमेर बढ्दै जाँदा शरीरमा पानीको मात्रा घट्दै जान्छ। केही वृद्ध व्यक्तिहरूले राती पिसाब फेर्न गइरहन नपरोस् भनेर वा पिसाब चुहिन सक्छ भन्ने डरले थोरै पानी पिउँछन्। यसो गर्नाले शरीरमा पानीको कमी हुन्छ। यस्तो समस्या हुन नदिन हरेक दिन ८ गिलास वा कप झोप पदार्थ पिउनुपर्छ। सुत्नु २ देखि ३ घण्टाअघि देखि कुनै पनि कुरा नपिउनुहोस्, यसो गर्दा तपाईं राती पिसाब फेर्न घरि-घरि उठ्नु पर्दैन।