बढ्दो उमेरसँगै स्वस्थ रहन मैले कस्ता खानेकुराहरू खानुपर्छ

From Audiopedia
Jump to: navigation, search

महिलाको उमेर बढ्दै जाँदा शरीरलाई बलियो राख्‍न र रोगसँग लड्ने क्षमता कायम राख्‍न तिनलाई पोषणयुक्त खाना चाहिन्छ। तिनलाई कुनै निश्‍चित प्रकारको खानेकुराहरू पनि चाहिने हुन सक्छ। उनको शरीरले थोरै मात्रामा एस्ट्रोजेन पैदा गर्ने भएकोले एस्ट्रोजेनको मात्रा धेरै भएको खानेकुरा जस्तै, गेडागुडी, टोफु (भटमासको दही), दाल र अन्य प्रकारका गेडागुडीहरू खाँदा राम्रो हुन्छ। उमेर बढ्दै जाँदा हड्डीको घनत्त्व कम हुने भएकोले हड्डी बलियो बनाउन क्याल्सियम र खनिजको मात्रा प्रशस्त भएको खानेकुरा खानुपर्छ।

कहिलेकाहीं वृद्ध मानिसहरूले पहिलेको भन्दा थोरै खान रुचाउँछन्। उनीहरूको स्वाद लिने र सुँघ्‍नेमा परिवर्तन भएकोले गर्दा खानेकुरा खान रमाइलो हुँदैन। अथवा वृद्धावस्थाले ल्याएको परिवर्तनले गर्दा तिनीहरूले खाना खान सुरु गरेको केही समयपछि नै अघाएको महसुस गर्छन्। यसको मतलब वृद्ध मानिसहरूलाई पोषणयुक्त खानेकुरा थोरै भए पुग्छ भन्‍ने चाहिं होइन। तिनीहरूलाई राम्रोसँग खाइरहने र थरी-थरीका खानेकुरा खाने प्रोत्साहन चाहिन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010905