तपाईं र तपाईंको जोडी परिवार बसाल्न तयार नभएसम्म, केही समय कुर्नुभयो भने खुसी र स्वस्थ बच्चा हुर्काउन सजिलो हुनेछ। यदि तपाईंले बच्चा जन्माउने
विषयमा सोच्दै हुनुहुन्छ भने यहाँ दिइएका केही कुराहरू विचार गर्नुहोस्:
के तपाईंले आफ्नो पढाइ जारी राख्न सक्नुहुन्छ?
बच्चाको शारिरीक आवश्यकताहरू, जस्तै: खानेकुरा, कपडा र घर इत्यादि के तपाईं प्रबन्ध गर्न सक्नुहुन्छ?
स्वस्थ बच्चा हुर्काउन चाहिने भावनात्मक मदत दिन के तपाईं तयार हुनुहुन्छ?
बच्चा हुर्काउनको लागि मदत दिन के तपाईंको जोडी कतिबद्ध छन्?
तपाईंको परिवारले तपाईंलाई कसरी मदत गर्नेछ?
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.