बच्चाहरूलाई करेन्ट लाग्नबाट कसरी जोगाउन सक्छु - Audiopedia
करेन्ट लाग्नबाट र करेन्ट लागेर जल्नबाट बच्न:
- बिजुलीको तार जोड्ने ठाउँमा अथवा सकेटमा कहिल्यै आफ्नो औंला वा अन्य कुराहरू छिराउनु हुँदैन भनेर बच्चालाई सिकाउनुहोस्।
- बिजुलीको तार जोड्ने ठाउँमा अथवा सकेटमा प्वाल नदेखियोस् भनेर उक्त प्वाललाई छोप्नुहोस्।
- बिजुलीको तार बच्चाको पहुँचबाट टाढै राख्नुहोस्।
- बिजुलीको नाङ्गो तार निकै खतरनाक हुने भएकोले टेप लगाएर छोप्नुहोस्।
Sources