बच्चाहरूले आफू वरपर भएका कुराहरू थाहा पाउन आफ्नो मुखमा केही चिजहरू राख्ने गर्छन्, यसो गर्दा उक्त चिज तिनीहरूको घाँटीमा अड्किन सक्छ। साथै बच्चाहरूलाई कडा मिठाइ जस्तो केही खानेकुराहरू चपाउन र निल्न गाह्रो हुने भएकोले ती कुराहरू घाँटीमा अड्किन सक्छ।
अभिभावकहरू वा अन्य रेखदेख गर्ने व्यक्तिहरूले:
बच्चा खेल्ने र सुत्ने ठाउँ वरपर टाँक, मुगा, बेलुन, पेनको ढक्कन, सिक्का, गेडागुडी र नट्सहरू नराख्नुहोस्।
बच्चालाई नयाँ खेलौना दिंनुभन्दा अघि त्यसको केही कुराहरू फुस्किन लागेको वा धारिलो टुक्रा निस्किन लागेको छ कि, राम्ररी जाँच्नुहोस्। किनकि यस्तो कुराहरू बच्चाले निल्न सक्छ वा त्यसले बच्चालाई घोंच्न सक्छ।
जमिन मुनि फल्ने नट्स (बदाम), कडा मिठाइ वा स-साना हड्डी सहितको मासु वा गेडागुडी घाँटीमा अड्किन सक्ने भएकोले यस्ता चिजहरू बच्चालाई कहिल्यै नदिनुहोस्।
बच्चाहरूले खानेकुरा खाँदा सधैं याद गर्नुहोस् अनि खानेकुराको ठूला टुक्राहरू घाँटीमा अड्किन सक्ने भएकोले चपाउन सकिने र निल्न सक्ने बनाउन सानो-सानो टुक्रा पार्नुहोस्।
खोकी लाग्ने, नबोल्ने र चर्को तिखो स्वर निकाल्ने, सास फेर्दा घ्यार्र-घ्यार्र आवाज आउने वा कुनै पनि आवाजै निकाल्न नसक्ने जस्ता सबै कुराहरूले बच्चालाई सास फेर्न गाह्रो भइरहेको अनि घाँटीमा केही चिज अड्केको छ भन्ने कुरा बुझ्न सकिन्छ। बच्चाले आफ्नो मुखमा कुनै चिज हालेको नदेखे तापनि यदि उसलाई अचानक सास फेर्न गाह्रो भयो भने घाँटीमा केही अड्केको छ भनेर अभिभावक र अन्य रेखदेख गर्न व्यक्तिले शंका गर्नुपर्छ।