फेरी कुटपिट अर्थात हिंसा हुनु अघि नै म कसरी आफ्नो सुरक्षा गर्न सक्छु
From Audiopedia
आफ्नो नजिकै बस्ने व्यक्तिलाई आफूले भोगेको कुटपिट अर्थात हिंसाबारे बताउनुहोस्। यदि मलाई समस्या परेको सुन्नुभयो वा थाहा पाउनु भयो भने मदत गर्न आउन सक्नुहुन्छ कि भनेर सोध्नुहोस्। गम्भीर चोटपटक लाग्नु अघि नै सायद छिमेकी, पुरुष नातेदार वा महिलाहरू वा पुरुषहरूको समूह आउन सक्छन होला।
आफूले भरोसा गर्न सक्ने अनि आफ्नो भावना र छनौटको विषयमा मदत दिन सक्ने कुनै व्यक्ति पत्ता लगाउनुहोस्।
कुनै विशेष शब्द वा संकेतबारे सोंच्नुहोस्, जुन शब्द वा संकेतबाट आफ्ना बच्चाहरू वा परिवारका कुनै सदस्यले बुझेर तपाईंलाई मदत गर्न आउन सक्छन्।
सुरक्षित ठाउँमा कसरी पुग्ने भन्ने विषयमा आफ्ना बच्चाहरूलाई सिकाउनुहोस्।