खाना पकाउनुअघि, खानुअघि र आफ्नो बच्चालाई खुवाउनुअघि आफ्नो हात
साबुन पानीले राम्ररी धुनुहोस्। हात धुँदा रोग फैलिन पाउँदैन। धोइसकेको हात
पुछ्नको लागि विशेषगरि हातको लागि छुट्याइएको सफा टालो राख्नुहोस्।
उक्त टालोलाई समय-समयमा धुनुहोस् र घाममा सुकाउनुहोस्। अथवा आफ्नो
हात हावामा हल्लाएर सुख्खा पार्नुहोस्।
काँचै खाइने फलफुल तथा तरकारीहरूलाई धुनुहोस् वा खुर्किनुहोस्।
काँचै खान सकिने खानेकुरा र काँचो मासु, कुखुराको मासु वा माछालाई
छ्यासमिस हुन नदिनुहोस्। मासु काटिसकेपछि सधैं आफ्नो हात, चक्कु र
कटिङ बोर्ड धुनुहोस्।
खानामा तपाईंको राल वा थुकको छिटा नपरोस् भनेर खाना नजिक नखोक्नुहोस्,
नथुक्नुहोस, च्वीङगम वा सुपारी नचपाउनुहोस्।
जनावरलाई भाँडा वा थालहरू चाट्न नदिनुहोस्। यदि सम्भव छ भने
जनावरहरूलाई भान्छा कोठाबाट टाढै राख्नुहोस्।
खाना बिग्रेको छ भने फ्याँकिदिनुहोस्।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.