एच.आइ.भि संक्रमण लागेको भए तापनि आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्‍न म के गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

एच.आइ.भि लागेको थाह पाउने बित्तिकै एच.आइ.भि स्याहार र उपचार कार्यक्रमबारे पत्ता लगाउनुहोस्। हुनत एच.आइ.भि -लाई निको पार्न सकिंदैन, तर औषधीको सेवनले यो रोग लागेका व्यक्ति पनि लामो समय बाँच्‍न सक्छन् र स्वास्थ समस्या कम पनि हुन सक्छ।

स्वास्थ्य समस्या देखिने बित्तिकै चाँडै स्याहार सुसार गर्नुहोस्। नियमित रूपमा स्वास्थ्यकर्मीलाई जचाउनुहोस्। बिरामी हुनुभयो भने आवश्यक उपचार गर्न नभुल्नुहोस्। हरेक संक्रमणले तपाईंको रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ।

आफ्नो शरीरलाई बलियो बनाइराख्‍न पोषणयुक्त खानेकुरा खानुहोस्। आफू स्वस्थ हुँदा खाने राम्रो खानेकुरा बिरामी हुँदा पनि खाँदा राम्रो हुन्छ। भिटामिन सुई किनेर पैसा खर्च गर्नुको साटो पोषणयुक्त खानेकुरा किन्‍नुहोस्।

सूर्ती, चुरोट, रक्सी र अरू लागू पदार्थ सेवन नगर्नुहोस्।

आफू र आफ्नो जोडीको स्वास्थ्यको लागि सुरक्षित तरिकामा यौनसम्बन्ध राख्‍नुहोस्।

पर्याप्त आराम र व्यायाम गर्नुहोस्। यसले गर्दा तपाईं आफ्नो शरीरलाई बलियो राखेर संक्रमणविरूद्ध लड्न सक्नुहुन्छ।

संक्रमण हुन नदिन पटक-पटक नुहाउनुहोस् र पिउँदा अनि खाना पकाउँदा सफा पानीको प्रयोग गर्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011011