एच.आइ.भि संक्रमण भएको व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थ जस्तै, रगत, वीर्य, आमाको दूध र योनीबाट निस्किने तरल पदार्थमा एच.आइ.भि का जीवाणुहरू बस्छन्। संक्रमित व्यक्तिको शरिरबाट निस्किएको तरल पदार्थ अर्को व्यक्तिको शरीरभित्र पसेमा एच.आइ.भि का भाइरसहरू फैलिन्छन्।
एच.आइ.भि यी माध्ययमबाट फैलिन सक्छ:
एच.आइ.भि संक्रमित व्यक्तिसित असुरक्षित यौन सम्बन्ध राखेमा। यही माध्यमबाट एच.आइ.भि सबैभन्दा धेरै सर्ने गर्छ।
किटाणुरहित नबनाइएको सुइ वा सिरिन्ज वा छाला छेंड्न वा काट्न प्रयोग गरिएको औजारहरूबाट पनि सर्छ।
रगतमा एच.आइ.भि को जाँच नगरी रक्तक्षेपण गर्दा यो रोग सर्छ।
बुबा वा आमा संक्रमित छन् भने गर्भावस्था, बच्चा जन्माउँदा वा स्तनपान गराउँदा पनि सर्न सक्छ।
संक्रमित रगत अर्को व्यक्तिको काटिएको वा खुला घाउमा पसेमा पनि सर्न सक्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.