असुरक्षित तरिकामा काम गर्दा कसरी मेरो स्वास्थ्य समस्या हुन सक्छ - Audiopedia
थुप्रै कल-कारखानामा काम गर्दा त्यहाँको वातावारण स्वास्थ्यको लागि असुरक्षित हुन्छ , जस्तै:
- ढोका र झ्यालहरू बन्द हुने गर्छ, जसले गर्दा आकस्मिक अवस्थामा कामदारहरूलाई निस्कन गाह्रो हुन्छ र साथै हावा यताउता हलचल गर्न पाउँदैन।
- सुरक्षाको लागि कुनै समाग्री प्रयोग नगरी वा सरक्षा कपडा नलगाएर रसायनीक पदार्थ र विकिरण जस्ता विषसित काम गर्नुपर्ने हुन्छ।
- असुरक्षित उपकरण तथा सामाग्रीहरूसित काम गर्नुपर्ने हुन्छ।
- खुकुलो इलेक्ट्रिक तारहरू, वा चाँडै आगो टिप्ने रसायनीक पदार्थ वा बाफले गर्दा आगलागी हुन सक्ने अवस्था हुन्छ।
- सफा पानीको, शौचालय वा दिशा पिसाब गर्नको लागि वा आरामको लागि कुनै व्यवस्था नहुन सक्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np030123